images
images
  • एनआईसी एशियाको फ्लेक्सी क्याप फण्ड खुला, १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाइने

    काठमाडौं- एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (जेष्ठ १९ गते बिहीबार) देखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ ।

    क्यापिटलले आजदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई संख्या कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई छट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको छ ।

    क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । क्यापिटलको उक्त फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा अषाढ २ गतेसम्म आवेदन दिने समय लम्बिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images