काठमाडौं- वाणिज्य बैंकहरूमा दुई सातामा १३ अर्ब निक्षेप थपिएको छ । स्थानीय तहको निर्वाचन सकिए यता अर्थात जेठ महिनाको दुई सातासम्म सो रकम बैंकहरूमा जम्मा भएको हो । गत बैशाख मसान्तसम्ममा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठको दोस्रो सातामा सो रकम बृद्धि भएर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।
यो रकम अघिल्लो साता अर्थात जेठ २ गतेको तुलनामा ६ अर्ब बढी हो । नेपाल बैंकर्स एशोसिएसनका अनुसार गत जेठ ६ गते बाणिज्य बैंकहरूमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म ४३ खर्ब ८३ अर्ब जम्मा भएको हो । स्थानीय तहको निर्वाचन सकिएपश्चात बैंकहरूमा पैसा फर्किनुले वित्तीय क्षेत्रमा सकारात्मक सङ्केत मिलेको छ ।
यता, सोही अवधिमा वाणिज्य बैंकहरूले ७ अर्ब रुपैयाँ निक्षेप लगानी गरेका छन् । बैशाख ३० गते ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको वाण्ज्यि बैंकहरूले जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । जेठ ६ गते ४१ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप लगानी गरेका वाणिज्य बैंकहरूले एक सातामा सो रकम बृद्धि गरी ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुर्याएका छन् ।


विश्व खबर 




















