धनगढी । कैलालीको मोहना नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि नदीमा नुहाउने क्रममा डुबेर दुवै जना बालकको मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उपमहानगरपालिका ३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ताको डुबेर मुत्यु भएको हो ।
उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















