images
images
  • अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

    अछाममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

    प्रहरीका अनुसार शुक्रबार जिल्लाको ढकारी गाउँपालिका ८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्याय भीरबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि स्वास्थ्य चौकी कमलबजार लगिएको थियो।

    अस्पतालले चेकजाँच गरी उपाध्यायलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images