images
images
  • आफैले बोकेको बन्दुक पट्किँदा २३ वर्षिय युवाको मृत्यु

    काठमाडौं- दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जना युवाको मृत्यु भएको छ।

    जिल्लाको बंगलाचुली गाउँपालिका ८ रानीखुट्टीको जंगलमा शुक्रबार दिउँसो करिब १२ बजे सिकार खेल्न गएको क्रममा आफैले बोकेको बन्दुक आफ्नै निधारछेउको भागमा पट्किँदा उनको घटना स्थलमै मृत्यु भएको हो।

    मृत्यु हुनेमा लमही १ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए। प्रहरी घटनास्थलमा अपराह्न पुगेको थियो। सिकार खेल्न चार नाल भरुवा बन्दुकसहित पुगेका थिए।

    सिकार खेल्न भनि ९ जना जंगल गएका थिए । जसमध्ये एक जनाको मृत्यु भयो भने बाँकी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा दुई जना नाबालक रहेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images