images
images
  • सुन्दरी प्रतियाेगिता जिताइदिने भन्दै झापामा लालबहादुरले गरे याैन दुर्व्यवहार

    काठमाडौं- झापाको दमकमा आयाेजित ‘मिस्टर एण्ड मिस कलेज– २०२२’ का सहभागी सुन्दरीहरुमाथि याैन दुर्व्यावहार भएकाे खुलासा भएकाे छ।

    लामाे समयदेखि पूर्वीक्षेत्रमा ब्युटी प्याजेण्ट गर्दै आएकाे शंखर आर्टस् फाउन्डेसनका निर्देशक लालबहादुर शंखरले प्रतियाेगीमाथि याैन दुर्व्यावहार गरेकाे खुलासा भएकाे हाे। प्रतियाेगितामा सहभागी एक युवतीले आफूमाथि सामाजिक सञ्जालमार्फत् दुर्व्यावहार भएकाे बताएकी छिन्।

    ती युवतीले निर्देशक लालबहादुरले फेसबुक र ह्वाटएपमा भएकाे कुराकानी सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अरूलाई सचेत रहन समेत आग्रह गरेकी छिन्।

    ‘प्रतियोगिता जित्ने हाे भने मसँग नजिक हुनुपर्छ र मैले तिमीलाई जिताएँ भने मलाई के दिन्छाै ?,’ भन्नेजस्ता म्यासेज निर्देशक लालबहादुरले पठाएका छन्।

    यस्ता म्यासेजले आफूलाई मानसिक पीडा भएकाे ती युवतीकाे भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images