काठमाण्डौँ- सप्तरीको एक स्थानीय तहले नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउनका लागि पालिकामा सार्वजनिक बिदा दिएको छ।
जिल्लाको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउनका लागि नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको आदेशमा नगरमा सार्वजनिक बिदा दिइएको हो।
प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले एक सूचना जारी गर्दै सोमबार गाउँपालिका भित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुलगायत सम्पूर्ण कार्यालय बन्द रहने जनाएका छन्।
रुपनीमा लोकतान्त्रिक समाजवादी पार्टीका यादव ४ हजार २६९ मत ल्याएर निर्वाचित भएका छन्।
उनले जनता समाजवादी पार्टीका हरेराम यादवलाई पराजित गरेका हुन्। हरेरामले ३ हजार ९३५ मत ल्याए। यस्तै, उपाध्यक्षमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















