images
images
  • अछामको पञ्‍चदेवलमा कडा सुरक्षाबीच मतदान सुरु

    काठमाडौंः अछामको पञ्‍चदेवल विनायक ५ लयाटीमा कडा सुरक्षाबीच मतदान सुरु भएको छ ।

    ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो । मतदान केन्द्र नवज्योती माविमा सुरक्षा कडा पारिएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका छन् ।

    मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

    यो समाचार तयार पार्दासम्म ३४ मत खसेको छ ।

    आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका(१० को विजय मावि मतदान केन्द्र र बाजुराको बुढीनन्दा नगरपालिका ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ ।

    साँफेबगर नगरपालिका १३ बाब्लामा ६ जेठमा मतदान हुदै छ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images