अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।
यस्तै साफेबगर नगरपालिका १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस(नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो।
लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने ४ जना घाइते भएका छन्। मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















