images
images
  • मेयरकी स्वतन्त्र उम्मेदवार सुनितालाई एमालेले दियो काठमाडौंमा उपमेयरको टिकट

    काठमाडौं । काठमाडौं महानगरको मेयरमा केशव स्थापितलाई उम्मेदवार एमालेले उपमेयरमा स्वतन्त्र दाबी गरेकी सुनिता डंगोललाई टिकट दिएको छ।जसले मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गरेकी थिइन्।

    मेयर उठ्ने घोषणा गरेकी सुनिता मिस नेवा २०११ की विजेता हुन्। उम्मेदवारी घोषणा गरेर उनले ८ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेकी थिइन्। साथै चुनावी प्रचार पनि थालेकी सुनितालाई एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले उपमेयरको टिकट दिने निर्णय गरेको हो।

    सचिवालय बैठकले पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुगलाई उम्मेदवार बनाएको छ। ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य (आस्था) लाई उम्मेदवार बनाएको छ।

    त्यस्तै भरतपुरमा विजय सुवेदी र वीरगन्जको मेयरमा विजय सारवगी यसअघि नै सर्वसम्मत चयन भइसकेका छन्। वीरगंजको उपमयेर भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पाउने भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images