• सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने


    काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।

    सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका आन्तरिक मामिला तथा कानुन मन्त्री – प्रकाश बहादुर शाह , सामाजिक विकास मन्त्री -कृष्णराज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री -माया भट्ट छन् ।

    शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।

    पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए ।

    थापाले भने ‘सुदूरपश्चिममा पार्टी निर्णय उल्लंघन गर्ने काम भएको छ । उनीहरुलाई आजै २४ घण्टे स्पष्टिकरण सोधिन्छ, चित्तबुझ्दो जवाफ आएन भने साधारण सदस्य समेत नरहने गरी कारवाही हुन्छ ।’

    अध्यक्ष थापाका अनुसार पत्र पठाउने प्रक्रिया भइरहेको छ आजै उनीहरुको हातमा पुग्छ ।

    एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले पार्टी केन्द्रको निर्देशनविपरीत सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    Bishwokhar.com || News from Nepal
    images
    SKIP THIS