images
images
  • अछाममा सत्तारुढ दलबीचको चुनावी तालमेल संकटमा

    अछाम । सत्तारुढ दलहरुबीचको चुनावी तालमेल अछाममा असंभव देखिएको छ । १० वटा स्थानीय तह रहेको अछाममा गठबन्धन दलहरुबीच सहमति नबन्दा चुनावी तालमेल संकटमा परेको हो ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको आ-आफ्नो दावीका कारण तालमेलको सम्भावना क्षीण बन्दै गएको हो । शुक्रबार बसेको गठबन्धनको बैठकमा कांग्रेसको आन्तरिक विवादका कारण कुनै सहमती हुन सकेन ।

    अछाममा ४ गाउँपालिका र ६ नगरपालिका छन् । कांग्रेसले आवश्यकता भन्दा बढि स्थानीय तहमा दाबी गरेकोले सहमती हुन नसकेको हो । माओवादी र समाजवादीले कम्तीमा ३ /३ स्थानीय तह पाउनु पर्ने अडान राखेका छन् ।

    कांग्रेसले आवश्यकता भन्दा बढि स्थानीय तह आफूले पाउनुपर्ने दाबी गरेसंगै चुनावी तालमेल अन्यौलपूर्ण देखिएको गठबन्धनमा आवद्ध दलका एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसले पार्टीको आन्तरिक किचलो व्यवस्थापन गर्न नसकेकोले तालमेलमा समस्या देखिएको हो ।

    त्यस्तै, कम्तीमा तीन/तीन वटा स्थानीय तह आफूले पाउनुपर्ने दावी गरिहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण पनि कांग्रेस अनिर्णयको बन्दी बनेको बताइएको छ । उसो त माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कांग्रेसलाई ६  स्थानीय तह दिने पक्षमा छैनन् ।

    स्रोतका अनुसार कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहले गठबन्धनमा रहेका अन्य दललाई सम्मानजनक स्थान दिन चाहेको भएपनि अर्का नेता भरतकुमार स्वाँर समूहले नमान्दा गठबन्धन नै टुट्ने अवस्था सिर्जना भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images