images
images
  • ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु ७ जना घाइते

    ललितपुर- ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

    ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए ।

    घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

    विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ । विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो ।

    सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images