images
images
  • बझाङको बुङ्गल नगरपालिकामा माओवादी केन्द्रले सिफारिस गर्यो मेयर-उपमेयर, गठबन्धन अस्विकार

    बझाङ-बुङ्गल नगरपालिकामा माओवादी केन्द्रले गठबन्धन विनानै मेयर उपमेयको उम्मेद्धार सिफारिस गरेको छ । शनिबार बसेको नगर कमिटीबो बैठकबाट बुङ्गल नगरपालिकाको मेयरमा हरि कुवर (गौरब) र उपमेयरमा छाया सिंहलाई सिफारिस गरेको हो ।

    बझाङका कुनैपनि स्थानिय तहमा ५ दलिय गठबन्धन बन्न सकेको छैन । पदहरुको बाँडफाँडमा भागवण्डा मिल्न नसक्दा बुङ्गल नगरपालिकामा माओवादी केन्द्रले एक्लै चुनावमा जाने निर्णय गरेको हो ।

    मेयरका लागि सिफारिस भएका नेता कुँवर गत स्थानीय तह निर्वाचनमा पनि माओवादीबाट बुङ्गल नगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए ।

    शनिवार बसेको नगर कमिटीको बैठकबाट नगरपालिकाका ११ वटै वडाको उमेदवार हरुको सिफारिस गरिएको नगर सह इन्चार्ज अस्मित सिंहले जानकारी दिए ।

    शुक्रबार बसेको माओवादी केन्द्र बुङ्गल नगरपालिका वडानं २ कमिटीको वैठकले सर्वसम्मत स्थानीय तहको निर्वाचनका लागि वडाका उम्मेदारको प्यानल सिफारिस गरेको हो । वैठकबाट विरे धामी अध्यक्षको लागि सिफारिस भएकाछन् । सदस्यमा हर्कबहादुर धामी, शैछाने धामी तथा महिला सदस्यमा गंगा धामी सिफारिस भएकाछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images