images
images
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना: चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

    काठमाडौं- भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।

    मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

    उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

    बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा। इवामुरा अस्पतालमा उपचार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images