images
images
  • नयाँ वर्षमा एनसेलले ल्यायो नयाँ आकर्षक अफरहरु

    • डेटा र सबै नेटवर्कमा कुरा गर्न सकिने टक टाइम सहितको कम्बो प्याकहरु सुलभ दरमा
    • २८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा
    • रु ५० वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा हरेक ग्राहकले सोसल मिडिया प्याक बोनस पाउने

    काठमाडौं-यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि निकै नै विषेश हुने भएको छ । नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।

    यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा आएका छन्  । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले  ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।

    कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले कर सहित मात्र ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले  १६८ मा ५ जिबि अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ मा सुचारु गर्न सक्छन् । ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले  २९८ मा २.५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।

    कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसिमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटा सहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् । यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र ९९८ मा हरेक दिन २ जिबि डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा,  १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् ।

    यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी १०० देखि रु १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र २०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् ।

    नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरुलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ ।

     

    NEW YEAR COMBO

    Validity Price Data (All time) Voice (All net)
    7 days Rs.96 1GB 100 min
    7 days Rs.168 5GB 100 min
    28 days Rs.298 2.5GB 250 min

     

    Validity Price Data (All time) Voice (On-net) Voice

    (Off-net)

    SMS

    (All net)

    28 days Rs.798 1GB every day Non-stop 50 min 100 SMS
    28 days Rs.998 2GB every day Non-stop 100 min 200 SMS

     

    RECHARGE OFFER

    Recharge Rs. Social Pack (MB) Validity
    50-99 50 1 Day
    100-199 200 3 Day
    200 & above 500 7 Day

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images