काठमाडौं- सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ ।
कार्यविधि स्वीकृत भएसँगै यी रोगका बिरामीले औषधि उपचारबापत मासिक पाँच हजार रुपैयाँ भत्ता पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार स्थानीय तहको समन्वयमा बिरामीले तीनरतीन महिनामा एकमुष्ट खर्च पाउनेछन् ।
यी बिरामीले पाउनेछन् भत्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सररोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई भत्ता पाउने सूचीमा राखिएको छ ।
मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सररोग पहिचान भई उपचारपछि निको भइसकेका व्यक्तिबाहेकका क्यान्सररोगी (क्यान्सर पहिचान भई उपचारपछि निको भइसकेका, तर चिकित्सकले तीनरतीन महिनाभित्र निरन्तर निगरानीमा राखेका व्यक्ति) र मेरूदण्ड पक्षाघात भएका (रातो र निलो अपांग परिचयपत्रबाहेक) गरिब तथा विपन्न व्यक्तिले भत्ता पाउनेछन् ।
यस्ता बिरामीले नपाउने
कार्यविधिअनुसार सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएका संस्था वा संगठनबाट रोजगारीरनिवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारीरपेन्सनप्राप्त गरिरहेका व्यक्तिले मासिक भत्ता पाउने छैनन् ।
त्यस्ता व्यक्तिले नेपाल सरकारबाट उपलब्ध गराउँदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पीछडिएको भत्ता, अपांग भत्तालगायत नेपाल सरकारबाट साबिकमा पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वा निर्देशिकाबमोजिम उपलब्ध गराइनेमध्ये कुनै एक किसिमको भत्तारमासिक वृत्तिमात्र पाउनेछन् ।
सूचीमा उल्लेखितमध्ये एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो भत्ता पाउने छैनन् ।
भत्ता लिने प्रक्रिया
कार्यविधिमा उल्लेख भएअनुसार यो भत्ता पाउन राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ । चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षघातको हकमा अपांगतासम्बन्धी प्राप्त रातो वा निलो कार्डको प्रतिलिपि पनि सोही कागजातमा समावेश गर्नुपर्ने हुन्छ ।
यी सबै कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । वडा कार्यालयको सिफारिसमा बिरामीले पछिल्लो प्रत्येक तीन महिनामा मासिक पाँच हजारका दरले एकमुष्ट भत्ता रकम पाउनेछन् ।
बिरामीले पाउने रकम सम्बन्धित स्थानीय तहले बैंक खातामा पठाउने छ ।
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/04/5-haja-vattAa-karyabidhi.pdf


विश्व खबर 



















