images
images
  • एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

    सिन्धुपाल्चोक- नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् ।

    एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनकाे निर्णय गरेकाे हाे ।

    बलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेकाे एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

    तुलसीपुर उपमहानगरपालिका-१५ का वडा सदस्य जानुका रेग्मी, वडा-४ की वडा सदस्य डिला परियार, वडा-७ का दीपक कुमाललाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images