images
images
  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे सुनुवाइ आज

    काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ ।

    इजलासमा कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा छन् ।

    अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए ।

    रिटमार्फत अध्यादेश खारेजीकाे माग गरिएकाे छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए ।

    असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वाेच्च पुगेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images