images
images
  • मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर

    मकवानपुर- मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् ।

    घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ ।

    अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।

    डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images