images
images
  • भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    चितवन- चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गएराती पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images