images
images
  • एनआरएनए चुनाव : अमेरिकाबाट खड्काको सचिवमा उम्मेदवारी दर्ता

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा अमेरिकाबाट शंकर खड्काले उम्मेदवारी दिएका छन् । खड्काले बुधवार अनलाइनमार्फत निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    एनआरएनएको अबको नेतृत्व युवा पुस्तामा जानुपर्छ भन्ने मान्यता राख्ने खड्का गैरआवासीय अभियानलाई थप प्रभावकारी पार्न आफूले सचिव पदमा उम्मेदवारी दिएको बताउँछन्।

    सन् २००९ मा अमेरिका प्रवेश गरेका खड्काको नेपालमा घर रामेछाप हो । उनी अमेरिका पुगेपछि गैरआवासीय नेपालीको अभियानमा समावेश भएका हुन् । उनले २०१५ मा एनसीसी अमेरिकाको सचिव पदमा रहेर काम गरिसकेका छन् । २०१७ मा आइसीसीले दिएको विभिन्न जिम्मेवारी उनले सफलतापूर्वक पुरा गरेका थिए। हाल उनी आइसीसी सदस्य हुन् ।

    हाल सपरिवार अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका एनआरएनएमा रहेको सिण्डिकेट शैली तोड्न पनि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

    ‘विगतमा पनि मैले गलत प्रवृत्तिको विरोध र खबरदारी गर्दै आएको हुँ । एनआरएनए केही व्यक्ति विशेषको मात्र होइन। हुनु पनि हुँदैन। यहाँको सिन्डिकेट शैली तोड्नु पर्छ,’ खड्काले भने ।

    275377850 1002676890336520 4256486662085205073 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images