काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरनए) का सल्लाहकार कुल आचार्यले डेलिगेट्सको समस्या समाधान नगरि एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाएको छ । सामाजीक संजालमा लेख्दै अध्यक्षका उम्मेदवार समेत रहेका आचार्यले एकपक्षीय निर्वाचन मान्य नहुने बताएको हो ।
‘गएको झन्डै ८ महिना देखि संसार भरिबाट साथीहरुले आवाज उठाउंदा पनि डेलिगेट्स समस्याको समाधान गरिएन’, आचार्यले भनेको छ, ‘उल्टै एकपक्षीय रुपमा नोमिनेशन गराएर निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। एकलौटी निर्वाचन हामीलाई मान्य छैन।’
उनले एक्लौटी निर्वाचन प्रक्रिया अगाडि बढाउँदा संस्थालाई विभाजन तर्फ धकेल्ने निश्चित रहेको बताए ।
‘हाम्रा अग्रजहरुले दूरदृष्टि राखेर जन्माएको र संसारभरिका एनआरएन साथीहरूले रगत, पसिना सिंचेर यो स्थितिमा ल्याई पुर्याएको संस्थालाई विभाजन गरेको कलंकको दाग अहिलेको नेतृत्वको अनुहार भरि लाग्ने छ’, उहाँले भन्नु भयो, ‘यो संस्था तपाई हामी सबैको हो। अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नु पर्ने बेला आएको छ।’
साथै उहाँले सबैलाई एक ढिक्का हुन र संस्थाको हितको लागि जस्तो सुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल पनि गुर्न भएको छ ।



विश्व खबर 



















