images
images
  • कांग्रेस जिल्ला अधिवेशनः अछाम सभापतिमा दोस्रो चरणको मतदान हुँदै

    अछाम- नेपाली कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ ।

    सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।

    दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट हुनेछ ।

    दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images