images
images
  • तम्घासमा मृत भेटिए अर्घाखाँचीका गन्धर्व

    अर्घाखाँची- अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् ।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व तम्घासको जिपपार्कमा मृत अवस्थामा भेटिएका हुन् ।

    सोमबार बिहान मृत अवस्थामा भेटिएका उनको पहिचान भइसकेको र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाइने गुल्मी प्रहरीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images