images
images
  • कांग्रेस महोत्तरीको विवादित क्षेत्रको अधिवेशन ८ फागुनमा

    महोत्तरी- नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ ।
    विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका-८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियावाट टुंगो लगाउने तय भएको हो ।
    निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक(पटक बिथोलिँदै आएको थियो । एक पक्षको पिपरामा गराउनुपर्ने अर्को पक्षको जलेश्वर गराउनुपर्ने अडानको कारण अधिवेशन स्थगित बन्दै आएको थियो ।
    अब भने पिपरा गाउँपालिकास्थित रामनारायण  विद्यालयको प्राङ्गणमा निर्वाचन गर्ने दुवै पक्षबी सहमति भएको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images