images
images
  • एनआरएनएको चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता ४ मार्चमा, निर्वाचन २१-२२ मार्चमा हुने (निर्वाचन कार्यतालिकासहित)

    काठमाडौं–गैर आवासीय नेपाली संघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आगामी मार्च २१ र २२ अर्थात चैत ७ र ८ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फेब्रुअरि २८ तारिखमा तोकिएको निर्वाचनपछि सार्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो ।

    निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भिमसेन बन्जराले सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदाताको नामावली प्रकाशन फेब्रुअरि २३ मा तोकिएको छ भने उम्मेदवारको मनोनयन दर्ता मार्च ४ तारिखमा तोकिएको छ । उम्मेदवारले अनलाईन मार्फत उम्मेदवारी दर्ता गर्न सकिने समितिले जनाएको छ ।

    त्यस्तै, ५२ पदको लागि हुने निर्वाचनको उम्मेदवारी दर्ता शुल्क समेत तोकिएको छ । समितिले अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवको लागि ६ लाख, सचिव र कोषाध्यक्षको लागि ५ लाख, सहकोषाध्यक्षको लागि ४ लाख, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला र युवा संयोजकका लागि २ लाख ५० हजार, क्षेत्रीय युवा र महिला उपसंयोजका लागि २ लाख दर्ता शुल्क तोकिएको हो । उता आइसिसी सदस्यको लागि तोकिएको १ लाख ५० हजार दस्तुर भने शपथ ग्रहण गर्नु अगाडि बुझाउने पर्ने निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिले जारी गरेको सूचना यस्तो छ:

    1 1 2 1 3 4 5

    प्रतिक्रिया दिनुहोस्
    images
    images