काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पदाधिकारीको निर्वाचनको लागि मतदाता नामावलीलाई अन्तिम रुप दिएका छन् ।
विगत करिब ६ महिना लामो विवादको अन्त्य गर्दै पन्तले आइतवार संघको निर्वाचन समितिलाई ३६३४ जनाको नामावली निर्वाचन समितिका संयोजक भिमसेन बन्जारालाई हस्तान्तरण गरेका हुन् ।
गत अक्टोवरमा तय गरिएको संघको १० औं महाधिवेशन तथा निर्वाचन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारणले रोकिएको थियो ।गैरआवासीय संघका महासचिव डा। हेमराज शर्माले मतदाता नामवली निर्वाचन समितिमा गएको मिडियाबाट थाह पाएको बताए ।
उनले निर्वाचनको अर्को विकल्प नभएको बताउदै सबै महाधिवेशन प्रतिनिधिहरुलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा। बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले संघको निर्वाचनमा सहमतिको बाटो खुलेको प्रतिक्रिया दिएका छन् । उनले ‘लोभिपापीले उचालेर लडाउन भिडाउन सक्ने आशंका व्यक्त गर्दै सहमतिको पहल थाल्न आग्रह गरेका छन् ।


विश्व खबर 



















