नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा यहाँका एक ८० वर्षीय वृद्धले सोमबार आर्थिक सहयोग गर्नुभएको छ । व्यास–७ पाथ्रा घर भई हाल व्यास–४ नमूना टोलमा बस्दै आउनुभएका मुक्तिनाथ न्यौपानेले सोमबार रु तीन हजार ५५, सहयोग गर्नुभएको हो । सरकारले दिएको वृद्धभत्ता रकमबाट आफूमा थोरै भए पनि सहयोग गर्ने इच्छा जागेकाले उक्त रकम सहयोग गरेको उहाँले बताउनुभयो । सोमबार एकै दिन विभिन्न व्यक्तिबाट गरी रु १० हजार ५५ रकम सहयोग प्राप्त भएको नेपाल पत्रकार महासङ्घ तनहँु शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कोषमा कूल रु ६३ हजार ३२५ सङ्कलन भइसकेको छ । कल्याणकारी कोषमा सङ्कलित रकमबाट जिल्लामा कार्यरत सञ्चारकर्मीको हितमा खर्च गरिने उहाँले बताउनुभयो । कोषका लागि व्यास–१ भादगाउँ निवासी नेपाल तरूण दलका नेता सुनिल पन्थले रु दुई हजार, व्यास–४ का युवा व्यवसायी खेम गुरूङले रु दुई हजार ५०० सोही वडाका क्याप्टेन भरतबहादुर अधिकारीले रु दुई हजार ५०० सहयोग गर्नुभएको छ ।


विश्व खबर 




















