काठमाडौं- दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् ।
व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारीसाधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएको छन् ।
नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ । व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























