• सुदूरपश्चिममा ओली पक्षलाई खबर नै नगरी एमाले संसदीय दलको बैठक बोलाइयो


    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बोलाइएको छ ।

    सोमबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो ।

    बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन ।

    ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए । ‘हामीलाई खबर आएको छैन । मैले पनि बाहिर बाट सुनेको छु,’ निवर्तमान भैतिक मन्त्री बोहराले भने ।

    ५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । आजको बैठकले यहि सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्न सक्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्