images
images
  • पनौतीको बाह्र बर्से मकरमेलाको आज १८ दिन, भक्तजनहरुको भिड (फोटोफिचर)

    काभ्रे- मकर मेला मकर संक्रान्तिको दिन प्रत्येक बाह्र वर्षमा पनौतीमा लाग्ने मेला हो । माघ महिनाभरि लाग्ने यो मेलामा नेपालभित्रका भक्तजनहरू मात्र नआई उत्तर भारत प्रयागबाट समेत तीर्थालुहरू आउँछन्। मेलाको प्रमुख स्थान त्रिवेणीघाट क्षेत्र हो। त्रिवेणीमा नुहाई त्यहाँको जल उत्तरपट्टी कुञ्जगिरी पर्वतमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धारणा भक्तजनमा पाइन्छ।

    20220129 093754

    राजा प्रताप मल्लले वि.सं. १७२७मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको पनि जल ल्याई राखेको कुरा यहाँस्थित शिलालेखमा उल्लेख छ। पापीको रूपमा कहलिएका विरूपाक्षलाई ने मुनिले पनौतीमा स्नान गर्न जानु भनेकोपटनु भन्ने ठ्यासफूमा उल्लेख छ। त्रिवेणी भन्नाले तीन नदीको संगमस्थल भन्ने बुझिन्छ।

    20220129 093837

    भारतको प्रयागमा गंगा र यमुनाको संगममा गुप्तरूपले सरस्वती मिसिन आएझैं रूद्रावती (रोशी) र लिलावती (पुण्य) नदी बाहेक गुप्त रूपमा ब्रम्हायणी मन्दिरको तलबाट दूध बग्ने पद्मावती नदी बगेकी छन्। त्रिवेणी संगममा जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप गरिन्छ। यसका साथै हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवता त्रिवेणीमा ल्याई दुई दिनसम्म राखिन्छ।

    20220129 094111

    makar mela

    20220129 093902

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images