images
images
  • निस्दीमा कर्मचारीको सेवा वृद्धि

    रामपुर- पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिकाभित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।

    गाउँसभाले विद्यालय सञ्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो । माध्यमिक विद्यालयमा कार्यरत लेखापालको तलव मासिक रु १६ हजार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको रु १५ हजार ४०० पु¥याइएको छ ।

    यसैगरी कक्षा १ देखि ८ सम्मका विद्यालयमा कार्यरत कार्यालय सहयोगीको रु १५ हजार २०० र १२ कक्षासम्मका विद्यालयमा कार्यरतको तलब रु १५ हजार ३०० पु¥याइएको छ ।

    शिक्षक, पत्रकार र कर्मचारी सम्मानित

    गाउँसभाले शिक्षक, पत्रकार र कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा जनता मावि निस्दी, गल्धाका गीमबहादुर जर्घा, मित्याल आधारभूत विद्यालय निस्दी, मित्यालकी तम्सरी खाम्चा, जीवनज्योती आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्रसिंह आलेलगायत रहेका छन् । उहाँहरुलाई जनही रु १० हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images