images
images
  • लागुऔषधसहित छ जना पक्राउ

    वीरगञ्ज । प्रतिबन्धित लागुसहित छ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका–९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा–१० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन् ।

    इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौँडा महानगरपालिका–९ मास्टरचोक स्थित शङ्कर केसीको घरमा डेरा गरी बस्ने पक्राउ परेकामध्ये विशालको कोठामा लागुऔषधसहित उनीहरुलार्ई पक्राउ गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images