images
images
  • रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

    सर्लाही- सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

    ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

    उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए ।

    प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए ।

    एकैगाउँका तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images