काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) महासचिव एवम् उपाध्यक्षका उम्मेदवार डा.हेमराज शर्माले हप्ता / १० दिनभित्र विवाद टुंगाएर जनवरीभित्रै निर्वाचन गराउने बताए ।
चुनाव गर्छौ भन्दापनि गर्न नपाएको उनको गुनासो छ । ‘सरकारसँग केही छ भनेपछि अब छिट्टै छिनोफानो लगाउँछौं’ उनले भने । हस्तक्षेपकै कारण अक्टुबरमा निर्वाचन गर्न नसकिएको बताए । ‘राजनीतिक दल, मन्त्रालय तानिए, अदालतले आदेश दिँदा पनि निर्वाचन गर्न दिइएन’ उनले भने । नयाँ विधान अनुसार चुनाव भड्किलो हुनबाट जोगिएको उनको भनाइ छ । ‘अनलाइन प्रणालीबाट चुनाव गर्दा पैसा र समय बचत हुन्छ’ उनले भने । अबको हप्ता/ १० दिनभित्र विवाद टुंगाएर जनवरीभित्रै निर्वाचन गर्ने उनले बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीलाई अपठ्यारो परेको बेला एनआरएनएले गरेको सहयोग स्मरण गर्दै यो संस्था विदेशमा रहेका नेपालीको सहयोगी संस्था बनेको बताएकी छिन् ।
एनआरएनएको आगामी निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार समेत रहेकी उपाध्यक्ष थापाले एनआरएनएलाई अपठ्यारो पर्दा अन्य संघसंस्थाले पनि बोलिदिन र अन्य संघसस्थालाई असहज हुँदा एनआरएनएले सहयोग गर्ने वातावरण बन्नुपर्ने बताइन ।

‘एनआरएनएभित्र महिला र युवालाई हेर्ने दृष्टिकोण अलि संकुचित छ, त्यसलाई चिर्नका लागि पनि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ,’थापाले भनिन,‘ विदेशमा रहेको नयाँ पुस्तालाई नेपाली भाषामार्फत नेपाल र नेपालीसँग जोडनु आवश्यक छ ।’ उपाध्यक्ष एवम् अध्यक्षका उम्मेदवार थापाले संघमा राजनीतिक हस्तक्षेप भएको बताएकी छन् ।
प्रवास खबर डटकमको प्रथम स्थापना दिवसका अवसरमा बोल्दै उपाध्यक्ष थापाले संघमा राजनीतिक हस्तक्षेप हुँदा पनि कुनै संघसंस्थाले आवाज उठाउन नसकेको बताइन् । ‘खुलेआम हस्तक्षेप हुँदा पनि खासै लेखिएन, बोलिएन’ उनले भनिन् । संघमा महिला र युवाको पहुँच कम भएको भन्दै अबको निर्वाचन पश्चात परिवर्तन आउने बताइन् ।
गैरआवासीय नेपाली संघ (एनआरएन) का महासचिवका उम्मेदवार विनय अधिकारीले चुनावबाट भागेर समाधान नहुने बताए । ‘अब छिट्टै प्रक्रियामा जान्छौं’ उनले भने, एनआरएनएको विकृति हटाउनुपर्छ ।’
निर्वाचनका लागि उपाध्यक्ष बद्री केसी, उपाध्यक्ष रवीना थापा र सल्लाहकार कुल आचार्य समूह निर्वाचनमा उत्रिएका छन् । प्रतिनिधि विवादका कारण निर्वाचन अन्योलमा छ । सरकारले निर्वाचन प्रक्रिया रोकेपनि उच्च अदालत पाटनले निर्वाचन गर्न आदेश जारी गरेको थियो । तर अहिलेसम्म निर्वाचन हुनेरनहुने अन्योल छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) को विवाद अन्त्य गर्न पदाधिकारीहरु काठमाडौं आइपुगेका छन् । अक्टुबरमै हुनुपर्ने संघको निर्वाचन विवादका कारण अनिश्चित बन्दै गएको छ । विवाद टुंगाएर निर्वाचनतर्फ अग्रसर गराउन संघका पदाधिकारी काठमाडौं आएर भौतिकरुपमा वार्ता गर्ने भएका छन् । सरकारसँग केही भए छलफलका माध्यमबाट विवाद टुंग्याउने र आन्तरिक विवाद पनि आपसी सहमति गरेर टुंग्याउने उद्देश्यले एनआरएनका उच्च नेताहरु नेपाल आइपुगेका छन् । केही आउने क्रममा छन् ।


विश्व खबर 




















