images
images
  • प्रहरी कार्यसम्पादनमा प्रश्न: पाँच महिनामा ३६७ प्रहरीविरुद्ध उजुरी, ११४५ जना कारबाहीमा

    काठमाडौं- साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

    अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा ती उजुरी परेका हुन् ।

    उजुरी परेका मध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार २२९ वटा घटनाको छानबिन सकिएको छ ।

    यही अवधिमा १ हजार १४५ जना प्रहरी कर्मचारीमा परेका छन् । कारबाहीमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) ३, प्रहरी नायब उपरीक्षक (डीएसपी) ४, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक ९असई० ४६ जना छन् ।

    त्यस्तै, ३०५ जना हवल्दार कारबाहीमा परेका छन्, ६७५ प्रहरी जवान र १४ प्रकाश कारबाहीमा परेका छन् । प्रहरीले यही अवधिमा एक हजार ९८० जनालाई प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेको छ ।

    पुरस्कार पाउनेमा एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), ६ जना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०, २१ जना एसपी, ७७ जना डीएसपी, १६४ जना इन्स्पेक्टर, २४६ जना सई र २८८ जना असई छन् । यही अवधिमा ४४१ जना हवल्दार, ७३३ जवान र ३ जना प्रकाश पनि पुरस्कृत भएका छन् ।

    प्रहरी प्रवक्ता कुँवर गत वर्षको तुलानामा पुरस्कार पाउनेको संख्या १७।१६ प्रतिशतले बढेको बताउँछन् । त्यसो त सजाय पाउनेको संख्या पनि २१।२९ प्रतिशतले बढेको छ । प्रहरी कर्मचारीविरुद्ध सार्वजनिक निकायमा पर्ने उजुरीको संख्या चाहिँ ३।६७ प्रतिशतले घटेको कुँवरले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images