images
images
  • चार दिनमा अमेरिका र युरोपमा साढे ११ हजार उडान रद्द

    न्युयोर्क । कोभिड संक्रमण तह उच्च विन्दुमा पुगेपछि युरोप र अमेरिकाका विभिन्न राज्यमा गरी ११ हजार ५०० उडान रद्द हुनुका साथै १०औं हजारभन्दा बढी उडानमा ढिलाई भएको छ । कोभिड संक्रमण बढेपछि शुक्रबारदेखि सोमबारको अवधिमा यति ठूलो संख्यामा हवाई उडान प्रभावित भएको हो ।

    उडान रद्द हुँदा विशेष गरेर क्रिसमसको अवसरमा छुट्टी मनाउन जाने र घर फर्किने लाखौं मानिसहरु प्रभावित भएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण युरोपका अधिकांश देशमा नयाँ प्रतिबन्ध घोषणा गरिएका छन् ।

    विश्वमा हवाइ उडानसम्बन्धी अभिलेख राख्ने फ्लाइटअवेरका अनुसार सोमबार मात्र ३ हजार उडान रद्द भएका थिए । कोभिड संक्रमणका कारण अमेरिकाको यात्रा अस्तव्यस्त भएपछि आइसोलेसन अवधि १० बाट घटाएर पाँच दिन बनाइएको छ ।

    पछिल्लो समयमा अमेरिका र युरोपमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणका कारण अमेरिकाका कोभिड अस्पताल भरिएको भन्दै राष्ट्रपति जो बाइडेनले सचेत हुन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images