images
images
  • बेलायती महारानीको ‘हत्या प्रयास’को भिडियोबारे अनुसन्धान जारी

    एजेन्सी । क्रिसमसमा विंडसर कैसलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ । यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिएर उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।

    भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य महारानीको हत्या गरेर बदला लिने भएको बताएको थियो । प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ।

    तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे । बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ ।

    १९ वर्षीय संदिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ।

    महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर कैसलमा थिइन् उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी हुनु थियो। एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images