images
images
  • खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या

    सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ। स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको सोमबार बिहान घाँटी रेटी हत्या गरिएको हो।

    बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनको कसले के कारणले हत्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन।

    तीन साता अगाडि मात्रै छिन्नमस्ता- को एक वृद्धको घाँटी रेटेर हत्या गरिएको थियोे । उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको स्थानीय कृष्णा मण्डलले बताए।

    सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको बताए । यसअघि हत्या गरिएको वृद्धको घटना पनि अनुसन्धान क्रममा रहेको काफ्ले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images