images
images
  • मलेसियाको बाढीमा ४६ जनाको मृत्यु

    मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् । बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन् ।

    बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ । उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो ।

    बाढीका कारण पाँच जना हराइरहेको ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । दक्षिण पूर्वी एशियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष जाने बाढी पहिरोमा ठूलो जनधनको क्षति हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images