images
images
  • नेपाल सरकारले भूतपूर्ण गोर्खाहरुको माग सम्बोधन गरेन : भूतपूर्व सैनिक

    लण्डन । भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरुको माग सम्बोधनका लागि बेलायतले चासो देखाए पनि नेपाल सरकारले तत्परता नदेखाएको आरोप लगाएका छन् ।

    यसअघिको सहमति अनुरुप बेलायत सरकारले वार्ता प्रक्रिया अगाडि बढाउन किन ढिलाइ भएको छ भन्दैर नेपाललाई जिज्ञासा राखेको थियो । तर नेपालले वार्ता कमिटी गठन गर्न नसकेको भूतपूर्व गोर्खा र नागरिक समाजले बताएको छ ।

    नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्रीसहित सबै प्रमुख दलका नेताहरूसँग भेटेर आफ्ना माग र बेलायतको चासोबारे कुरा राखिए पनि नेपालले तदारुकता नदेखाएकोमा गोर्खा आक्रोशित छन् ।

    भूतपूर्व गोर्खाहरूले यसअघि बेलायत सरकारविरुद्ध आन्दोलन भएकोमा अब नेपाल सरकार विरुद्ध पनि सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images