काठमाडौं । गरीबलाई नै बरोबर समस्याको पहाडले किन थिचिरहन्छ ? गरीबको जीवनमा सुखको बिहानी कहिले आउँछ ? यस्तैयस्तै प्रश्नहरूले विक्षिप्त बनेकी अनिता तामाङ उपचार गर्ने पैसाको अभावमा बेचैन छिन् ।
धान बोक्दा खुट्टामा छेस्कोले घोचेको निउँ । बिस्तारै पाक्न थाल्यो । नुवाकोट ककनी-५ कि अनिताको ११ चोटि खुट्टाको अपरेशन भयो । तर। विडम्बना उपचारका क्रममा अनिताले खुट्टाको चारवटा औँला गुमाउनु परेको छ । सुषमा कोईराला मेमोरियल हस्पिटल साँखुमा उपचाररत अनिताको उपचारको क्रममा ७ लाख बढि खर्च भएको छ । अनिताले ऋणपान गरेर आधा रकम तिरिन् । अब त आधा तिर्न बाँकि छ ।
अनितालाई यतिवेला उपचारमा ठुलो सहयोगको खाँचो परेको छ ।‘अब त ऋणपान पनि कसैले दिदैंनन्, फार्मेसी र क्याटिन गरि साढे तिन लाख तिर्न बाँकी छ, सहयोगको आशा राख्दै अनिताले भनिन्, ‘पैसा तिर्न नसक्दा हस्पिटलबाट डिस्चार्ज हुन सकेकी छैन ।’
‘हस्पिटलले खर्च मात्र बढ्छ, बोलाएको बेला मात्र आउनु अहिले घर जानु भनेको छ, अब त ड्रेसिङ मात्र गर्नुपर्ने छ’,अनिताले भनिन्, ‘तर पैसा नतिरी कसरी घर जाने होला । अनितालाई हसिपटलमा ८ बर्षका छोरा अनिसले कुरिरहेका छन्।
अनिताको छोरो सानो छ । उनी एकपटक साह्रै बिरामी हुँदा श्रीमानलाई फोन गरिन् । श्रीमानले उल्टै अपशब्द बोल्दै थर्काए । ‘डाक्टरसँग लागेकी छस् समेत भ्याए । मेरो मन कसरी सम्हाल्ने होला ।’ उनी भक्कानिदैं रोईन । श्रीमानबाट सहयोग पाउनु पर्ने अनिता बालके छोरोको साहारामा हसिपटलमा रोएर दिन कटाइरहेकी छिन्।
‘आफ्नो श्रीमतीलाई फर्केर हेर्नु त परै कै कुरा उपचारका लागि आएको सहयोग रकम पनि लिएर फरार भएको छ, अनिताले दुखेसो पोखिन,‘सासु ससुराले दिएको ५० हजार र उनको बहिनीले पठाएको रकम पनि सबै खाइदियो । अहिले सुनेको छु,पैसा नतिरेर डेराबाट पनि उसलाई निकालि दियो रे । ’
‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे अस्पतालबाट निस्कन पाउँथे, त्यसैले सहयोगको अपिल गरेको हुँ ।’ उनले भनिन्।


विश्व खबर 



















