images
images
  • भारतको अदालतमा बम विस्फोट, २ जनाको मृत्यु

    पन्जाब- भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ ।

    बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।  स्थानीय समयअनुसार बिहीबार दिउसो करिब साढे १२ बजेर अदालतको बाथरुममा विस्फोट भएको थियो ।

    विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यलयनजिक पर्छ ।

    अदालतमा कसले विस्फोट गराएको भन्ने बारेमा केही खुलाइएको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images