images
images
  • ग्रीसको तटीय क्षेत्रमा शरणार्थी बोकेको डुङ्गा डुब्दा दर्जनौं बेपत्ता

    एजेन्सी । आप्रवासी तथा शरणार्थी बोकेको एउटा डुङ्गा ग्रीसको फोलेगान्ड्रोस टापू नजिकैको तटीय क्षेत्रमा डुब्दा दर्जनौं व्यक्तिहरू वेपत्ता भएको ग्रीसको तटीय सुरक्षा संयन्त्रले बुधबार जानकारी दिएको छ ।

    तटीय सुरक्षा अधिकारीले कम्तीमा १२ जना यात्रुलाई जीवितै उद्धार गरिएको र बाँकी दर्जनौँ व्यक्तिको अवस्था अज्ञात रहेको बताए । केही जीवित व्यक्तिले डुङ्गामा ३२ जना रहेको बताए । यद्यपि उनीहरूमध्येका एकजनाले भने यो सङ्ख्या ५० भन्दा बढी रहेको बताइएको छ ।

    ग्रीक अधिकारीले सिन्ह्वालाई इमेलमार्फत दिएको प्रेस वक्तव्यमा अहिलेसम्म जीवितहरुको राष्ट्रियता स्पष्ट नखुलाइएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “डुङ्गा दुर्घटनामा परेका १२ जनाको उद्धार गरिएको छ भने बाँकी सबैको खोज र उद्धार कार्य सुरु गरिएको छ ।”

    ग्रीस सन् २०१५ देखि आप्रबासी तथा प्रवासी शरणार्थी प्रवाहको अग्रपङ्क्तिमा रहेको छ र विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images