images
images
  • प्रधानसेनापतिद्धारा न्यौपानेलाई उपरथी र केसीलाई मानार्थ उपरथी दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं- प्राविधिक सहायक रथी डा.अरुणकुमार न्यौपानेलाई उपरथी दर्जा र सहायक रथी सागरबहादुर केसीलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार सैनिक मूख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा न्यौपानेलाई उपरथी र केसीलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    न्यौपाने र केसी मन्त्रीपरिषद्को पुस १ गतेको निर्णय अनुसार बढुवा भएका हुन् । पदोन्नतीसँगै सेनाले न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी सुम्पिएको छ । यस्तै, केसीलाई भने मानार्थ उपरथी दर्जामा पदोन्नति गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images