images
images
  • नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी

    एजेन्सी । नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ ।

    देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको निश्कर्ष निकालेको हो ।अफ्रिकी मुलुकहरू मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा पछिल्लो दुई हप्तामा ५०० प्रतिशतका दरले सङ्क्रमण फैलिएको छ ।

    नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख इफेडायो अडेटिफाले सङ्क्रमणको दर डरलाग्दोसँग फैलिएकाले चौथो चरणको महामारीको रूपमा लिइएको जानकारी दिए । उनका अनुसार नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख २३ हजार ८८७ जना सङ्क्रमित भएका छन् ।

    कुल सङ्क्रमित मध्ये आइतबारसम्ममा दुई हजार ९८५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

    महामारी रोक्नका लागि संयुक्त प्रयासको आवश्यकता रहेको र त्यसका लागि सवैले आ आफ्नो तर्फबाट लाग्नु पर्नेमा उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images