images
images
  • अमेरिकामा पहिलो ओमिक्रोन सङ्क्रमितको मृत्यु

    एजेन्सी । ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ ।

    ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको सङ्क्रमणबाट मृत्यु भएको,ू ह्यारिस काउन्टी न्यायाधीश लीना हिडाल्गोले ट्विट गरेका छन् ।

    एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन(सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् ।

    एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन(सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको मानेका छन्। डिसेम्बर १८ सम्ममा देशभरका नयाँ संक्रमित केसहरूमा ७३।३ प्रतिशत ओमिक्रोनले ओगटेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूले सोमबार जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images