images
images
  • चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता बोरिक विजयी

    काठमाडौं- ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५वर्षीय गेब्रियल बोरिक निर्वाचित भएका छन्।

    आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन्। अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

    चिलीमा सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक विश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । विद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थव्यवस्था अवलम्वन हुने वाचा गरेको थियो ।

    चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई विद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images