images
images
  • भारतले गर्‍याे आणविक क्षमताको ब्यालेस्टिक मिसाइल परीक्षण

    भारतले आफ्नो नयाँ पुस्ताको आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नि पी’ को सफल परीक्षण गरेको छ । अब्दुल कलाम टापु भारतको पूर्वीराज्य ओडिसाको तटमा शनिबार बिहान ११ः०६ बजे मिसाइल परीक्षण गरिएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘टेलिमेट्री, राडार, इलेक्ट्रो–अप्टिकल स्टेसनहरू र पूर्वी तटमा अवस्थित डाउन-रेन्ज जहाजहरूले मिसाइल ट्र्याजेक्टोरी र मापदण्डहरू ट्र्याक र निगरानी गरेका थिए ।’ मिसाइलले प्रक्षेपणलाई उच्च स्तरको सटिकताका साथ सबै मिसन उद्देश्य पूरा गरेको विज्ञप्तिले उल्लेख छ ।

    भारतीय रक्षा मन्त्रालयका अनुसार ‘अग्नि पी’ एक दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलेन्ट ब्यालिस्टिक मिसाइल हो, जसमा डुअल रिडन्डन्ट नेभिगेसन र मार्गदर्शन प्रणाली छ। यस दोस्रो उडान परीक्षणले प्रणालीमा एकीकृत सबै उन्नत प्रविधिहरूको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images